Category: खेलकुद

  • कुशलको कीर्तिमानी शतकमा मलेसियालाई विशाल लक्ष्य

    कुशलको कीर्तिमानी शतकमा मलेसियालाई विशाल लक्ष्य

    काठमाडौं, २१ जेठ । नेपालले एसियन गेम्स पुरुष क्रिकेटको छनोट प्रतियोगितामा मलेसियालाई २७५ रनको विशाल लक्ष्य दिएको छ ।

     

    ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको सहयोगमा नेपालले विशाल लक्ष्य मलेसिया सामु प्रस्तुत गरेको हो ।

     

    सिंगापुरमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार पार्न सफल भएको हो ।

    ओपनर कुशलले ५४ बलमा १४ चौका र ८ छक्काको सहयोगमा सर्वाधिक १२६ रनको शतकीय इनिङ पार गरेका थिए । कुशलको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो शतक हो । यो सफलता  प्राप्त गर्ने उनी पहिलो नेपाली क्रिकेटरसमेत हुन् ।

     

    उनले आफ्नो ट्वान्टी अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक ४४ बलमा पूरा गरेका थिए । त्यस्तै, अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ६८ रनको इनिङ खेलेका थिए भने पहिलो विकेटका लागि आसिफ र कुशलले १३४ रनको साझेदारी गरेका थिए ।

     

    कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन बनाउन सफल हुदाँ सन्दीप जोराले १४ बलमा १५ तथा लोकेश बमले ६ बलमा १० रन जोडेका थिए ।

     

    मलेसियाका लागि विरनदिप सिंहले ३ तथा विजय उन्नी र सइद अजिजले समान २ विकेट लिए सँगै नेपालले मलेसिया सामु बिशाल लक्ष्य प्रस्तुत गरेको हो ।

  • भुटानलाई ५१ रनले पराजित गर्दै नेपाल दाेस्राे पटक बिजेता

    भुटानलाई ५१ रनले पराजित गर्दै नेपाल दाेस्राे पटक बिजेता

    काठमाडौं, २१ जेठ ।  नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ ।

    एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोडदा नेपाल ५१ रनले बिजेता बनेको हो ।

    टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो । सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो । सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् । रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन् ।

     

    जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन् । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

     

    नेपालका लागि रुबिनाले १५ रन खर्चेर तीन विकेट लिइन् । रिया शर्माले २० रन खर्चेर २ विकेट हासिल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जिन हो ।