हवाई टिकटमा जेष्ठ नागरिकलाई ८० प्रतिशतसम्म छुट

Today Pana
२०८२ कार्तिक २, आईतवार २०:३९

काठमाडौं । हवाई टिकटमा जेष्ठ नागरिकलाई ९० प्रतिशतसम्म छुट दिइने भएको छ । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयमा प्राधिकरणका महानिर्देशकको अध्यक्षमा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्धारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट दिइने छ । ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई ७० प्रतिशत र ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ८० प्रतिशत छुट दिइने ।

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत सोही अनुसारकै न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर