भोटेकोसी–३ मा राजनीतिक भूकम्प: सिङ्गो गाउँ रास्वपामा, पुराना दललाई झट्का

Today Pana
२०८२ फाल्गुन १८, सोमबार ०७:३७

सिन्धुपाल्चोक। भोटेकोसी गाउँपालिका–३  दुगुनागढीमा  विभिन्न दल परित्याग गर्दै २९८ जना स्थानीयवासी सामूहिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। सिङ्गो गाउँको यो एकजुट निर्णयले जिल्लाको राजनीतिक समीकरणमा ठूला तरंग पैदा गरेको छ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार भरत प्रसाद पराजुली ले जनताले परिवर्तनको स्पष्ट जनादेश दिएको बताउँदै अब विकास, पारदर्शिता र सुशासनको एजेन्डा कुनै शक्तिले रोक्न नसक्ने उद्घोष गरे। रास्वपा सभापति रवि लामिछाने का प्रेस सल्लाहकार प्रमोद न्यौपाने, नेता जिपि सिल्वाल तथा गाउँपालिकाका पदाधिकारीसहित अन्य नेताहरूले नवप्रवेशीहरूलाई खादा–टीकासहित भव्य स्वागत गरेका थिए।

सम्बोधनका क्रममा नेताहरूले वर्षौँदेखि दोहोरिँदै आएको वाचा–प्रतिवाचाको राजनीतिप्रति जनताको असन्तुष्टि चुलिएको र अब परिणाममुखी कामबाटै विश्वास जित्ने प्रतिबद्धता दोहोर्याए। नवप्रवेशीहरूले रोजगारी सिर्जना, स्थानीय पूर्वाधार र सेवा–सुविधाको सुधारप्रति ठोस अपेक्षा राख्दै रास्वपा रोजेको बताए।

स्थानीय तहमा २९८ जनाको एकैपटक प्रवेशलाई जिल्लामा नयाँ राजनीतिक लहरको संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर