काठमाडौं – त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने लोकप्रिय गायक घमेश दुलाल र शारदा रसाइली को सुमधुर स्वरमा नयाँ गीत ‘पातली ऐ परान’ सार्वजनिक भएको छ। मन छुने शब्द, उत्कृष्ट संगीत, र आकर्षक भिडियोले यो गीत श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
गीतका रचनाकार अशोक कुमार सापकोटा, संगीत संयोजन नारायण दंगालले गरेका छन्। गीतको रेकर्डिङ गोपाल दयाल, मिक्स तथा मास्टरिङ मनोज परियारले गरेका छन्। सम्पूर्ण अडियो निर्माण Music Plus ‘mf’ स्टुडियोमा सम्पन्न गरिएको हो।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ । निरेन श्रेष्ठद्वारा निर्देशित यो भिडियोका छायांकर सुनिल भण्डारी रहेका छन् भने नृत्य निर्देशन नितिन वाईवाले सम्हालेका छन्। रोशन धितालको सम्पादन तथा रङ्ग संयोजनले भिडियोको समग्र सौन्दर्य बढाएको छ। भिडियोमा कुमार सुनेल, बिना राउत, दीपेन्द्र सोनाम र जुनु एस्.डि.को अभिनय रहेको छ।
आकर्षक दृश्य तथा कर्णप्रिय संगीतले भरिपूर्ण गीतले श्रोता-दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।‘पातली ऐ परान’ ” गीत Ghamesh Dulal युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरू मा उपलब्ध छ। ।
हेर्नुस भिडियो….







तपाईको प्रतिक्रिया !