नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई झट्का: जिल्ला सदस्य जानकी नेपालद्वारा राजीनामा, रास्वपा प्रवेश गर्ने तयारी

Today Pana
२०८२ फाल्गुन १४, बिहीबार २१:५४

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोककी जिल्ला कार्यसमिति सदस्य जानकी नेपालले पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएकी छिन्। सामाजिक सञ्जालमार्फत एक सार्वजनिक पोस्ट गर्दै उनले कांग्रेससँगको लामो राजनीतिक यात्रा टुङ्गिएको घोषणा गरेकी हुन्।

नेपालले आफ्नो राजीनामाको मुख्य कारण व्यक्तिगत परिस्थिति र राजनीतिक विचारधारामा आएको परिवर्तनलाई बताएकी छिन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्:

“व्यक्तिगत कारण तथा आफ्नो राजनीतिक धारणा र प्राथमिकतामा आएको परिवर्तनका कारण आजको मितिदेखि लागू हुने गरी जिल्ला कार्यसमिति सदस्य पद तथा पार्टीको साधारण सदस्यताबाट राजीनामा पेश गरेको छु। पार्टीमा रही सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि सबैप्रति सम्मान र सद्भाव कायम रहने विश्वास दिलाउन चाहन्छु।”

कांग्रेस परित्याग गरेकी नेपाल भोलि नै नयाँ राजनीतिक यात्रामा होमिन लागेकी छिन्। प्राप्त जानकारी अनुसार, उनी फागुन १५ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत आमसभाबाट उक्त पार्टीमा प्रवेश गर्ने तयारीमा छिन्।

सो आमसभामा रास्वपाका सभापति रवि लामिछाने लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहने बताइएको छ। जिल्लामा प्रभावशाली मानिने महिला नेतृ नेपालको बहिर्गमनले सिन्धुपाल्चोक कांग्रेसभित्र तरङ्ग पैदा गरेको छ भने रास्वपालाई भने थप ऊर्जा मिल्ने देखिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर