भक्तपुरमा दिदीबहिनी मृत भेटिए

Today Pana
२०८२ श्रावण ८, बिहीबार ०९:२६

भक्तपुरमा दुई दिदीबहिनी मृत भेटिएका छन्।भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडे सिन्टिटारस्थित एक घरमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान ६:४५ बजे झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

डिएसपी न्यौपानेका अनुसार मृत फेला परेका किशोरीहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भई भक्तपुर बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल छन्।

उनीहरू दिदीबहिनी हुन्।उनीहरू डेराको प्यासेजमा एउटै नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर