सिन्धु काँग्रेसलाई ठुलो झट्का लीला नेपाल रास्वपामा प्रवेश, लामिछानेले गरे भव्य स्वागत

Today Pana
२०८२ फाल्गुन ५, मंगलवार १८:२८

सिन्धुपाल्चोक । नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ लीला नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। स्थानीय तहको पहिलो निर्वाचनमा बाह्रबिसे नगरपालिकाको उप–मेयर पदकी उम्मेदवार रहेकी नेपाल लामो समयदेखि कांग्रेसमा सक्रिय थिइन्। २०६४ सालको संविधानसभा निर्वाचनमा उनलाई कांग्रेसले समानुपातिक सूचीमा समेत समेटेको थियो।

सिन्धुपाल्चोक–१ का उम्मेदवार भरतप्रसाद पराजुलीको पहलमा कांग्रेस छाडेकी लीलालाई सभापति रवि लामिछानेसहितका शीर्ष नेताले स्वागत गरेका छन्।

रास्वपाका स्थानीय नेताहरुले महिला नेतृत्व र स्थानीय तहमा प्रभावशाली नेतृको प्रवेशले पार्टी संगठनलाई मजबुत बनाउने र आगामी चुनावी माहौललाई उत्साहपूर्ण बनाउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर