काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् ।अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
छलफल आगामी मंगलबार (४ कात्तिक) मा हुने तालिका तय भएको छ ।‘केही दलहरूलाई निम्तो पठाइसकिएको छ,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ‘केहीलाई जाँदैछ । मंगलबार छलफल हुन्छ ।’स्रोतका अनुसार, प्रत्येक दलबाट २/२ जनालाई छलफलमा बोलाइएको छ ।सरकारले चुनाव घोषणा गरेर पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा दलहरूसँग अन्तरक्रिया आयोजना गरेका थिए ।उक्त छलफलमा पनि प्रधानमन्त्री कार्की सहभागी थिइन् । यद्यपि दलहरूले भने उक्त छलफललाई सरकारको पहलबाट नभएको बताएको थियो ।







तपाईको प्रतिक्रिया !