एमाले नेता प्रदीप नेपालको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन

Today Pana
२०८२ बैशाख २३, मंगलवार १७:१३

नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ। नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए।नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो।

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए। नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए। नेपाल शिक्षामन्त्रीसमेत बनेका थिए।स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर